सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा

२०८० कार्तिक २६, १०:२३ खबर संवाददाता

काठमाडौँः चलचित्र ‘पशुपतिप्रसाद’को तेस्रो श्रृंखला निर्माणको घोषणा गरिएको छ। निर्माण पक्षले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा गरेको हो।

खगेन्द्र लामिछानेको कथा रहने चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन्। निर्माताका रुपमा रोजिना सिटौला रहनेछिन्। मुख्य भूमिकामा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपीन कार्की लगायतका कलाकार रहनेछन्। ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भस्मे डन’का अपूरा र छाडिएका पात्रहरूको कथा तेस्रो श्रृङ्खलामा समावेश गरिने जनाइएको छ।

खगेन्द्रको कथा, दीपेन्द्रको निर्देशन रहेको चलचित्र ‘पशुपतिप्रसाद २ः भष्मे डन’ दशैंको अवसर पारेर प्रदर्शनमा आएको थियो। चलचित्रले घरेलु बक्सअफिसबाट लगानी उठाएर मुनाफामा गइसकेको निर्माण पक्षले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस