सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको महाराष्ट्रमा नक्सलवादी आक्रमण : १५ सुरक्षाकर्मीको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख १८, ०२:५९ खबर संवाददाता

भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ। बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो। 

गाडीमा १६ जना प्रहरी सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ।  केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएको खबर आएको थियो।
 

कमेन्ट लोड गर्नुस