सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री दिपाशाको मृत्यु

२०८० कार्तिक २३, ०४:१३ खबर संवाददाता

काठमाडौँः अभिनेत्री दिपाशा बिसीको निधन भएको छ। स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीवार उपचारकै क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसीलाई बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

तर, बिहीवार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो। २०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनी ‘जलपरी’ नामलेसमेत मोडलिङ र फिल्ममा परिचित थिइन्।
 

कमेन्ट लोड गर्नुस