सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२०८० कार्तिक २१, ०८:५५ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन्। मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठकमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई बैठक बोलाएको उनले बताए।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। सरकारले मृतकका परिवारलाई २ लाख दिने घोषणा गरेको छ। प्रचण्डले राहत विवरण एकद्वार प्रणालीबाट वितरण हुने जानकारी गराएका छन्।

कमेन्ट लोड गर्नुस