सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

२०८३ असोज ३०, ०७:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम १८० मिलिग्रामसहित पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ घर भई हाल पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीय कुशल चौधरी पक्राउ परेका हुन्।

दुबै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो से २ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस