सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा बझाङका एक जना पक्राउ

२०८३ असोज ३०, ०७:३८ खबर संवाददाता

बझाङः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङका एक जना पक्राउ परेका छन्।

बझाङको दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरुण जोशीलाई प्रहरीले पक्राउ गरेको हो। जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस