सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पतञ्जली योग समितिको अध्यक्षमा महादेव गिरी चयन

२०८३ असोज ३०, ०७:५० खबर संवाददाता

धनगढीः धनगढी पतञ्जली योग समितिको अध्यक्षमा महादेव गिरी चयन भएका छन्।

समितिको प्रथम साधारण सभाले गिरीको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको विधान दर्ता भएको मितिले छ महिनाभित्र तदर्थ समितिमा हेरफेरसहित नयाँ कार्यसमिति चयन गरिएको प्रमुख योग गुरु गौरी प्रसाद नाथले जानकारी दिए। नवगठित कार्यसमितिको उपाध्यक्षमा लोकेस्वरी स्वर, सचिवमा वेदप्रसाद ओझा र कोषाध्यक्षमा टेकराज भट्ट चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा लक्ष्मी गिरी, निर्जना मल्ल, केशवराज पनेरु, हिरा चौधरी, हेमा श्रेष्ठ, दीपा बस्नेत र ममता ठकुल्ला चयन भएका हुन्। साधारण सभामा धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा पतञ्जली योग समिति सुदूरपश्चिम प्रदेशका प्रभारी काशीनाथ भट्ट र मदनराज पाण्डेय विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

सभामा पतञ्जली योग समिति कैलाली जिल्ला तथा धनगढी नगरका पदाधिकारीसहित ६१ जना साधारण सदस्य र २१ जना आमन्त्रित अतिथिको सहभागिता रहेको थियो। धनगढीस्थित साहित्य समाजको परिसरमा रहेको धनगढी पतञ्जली योग समितिको आफ्नै योग भवनमा सम्पन्न सभामा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। समितिले योगको अभ्यास र प्रवद्र्धनमार्फत स्वस्थ जीवनशैली विकासमा योगदान पु¥याउने आस गरिएको छ।

कमेन्ट लोड गर्नुस