सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा

२०८० कार्तिक १२, ०५:४९ खबर संवाददाता

काठमाडौंः  ‘हल्कारा’को अन्तर्राष्ट्रिय यात्रा अझै रोकिएको छैन। आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको यो फिल्म अमेरिकामा हुन लागेको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ। कार्तिक २२ देखि मंसिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा हुन लागेको फेस्टिभलमा प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको हो।

प्रतिस्पर्धाको लाइनअपमा यस वर्ष ओस्कारमा सिफारिस भएका एसियाली मुलुकका अन्य फिल्म पनि समावेश छन्। विक्रम सापकोटाद्धारा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्छ। एक हुलाकीको माध्यमबाट निर्देशकले कथा भन्ने प्रयत्न गरेका छन्।

घरमा राम्रो समीक्षा प्राप्त गरेको यो फिल्मलाई रामकृष्ण पोखरेलले आइसफल फिल्म्सको ब्यानरमा निर्माण गरेका हुन्। फिल्ममा महेश त्रिपाठीले हुलाकीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा विनिता थापा मगरको पनि शीर्ष भूमिका छ। 
 

कमेन्ट लोड गर्नुस