सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा मृत्यु

२०८० कार्तिक ८, ०५:५३ खबर संवाददाता

काठमाडौँः  गत शनिवार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ। दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल लगिएको थियो।

परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ। शनिवार बिहान लुक्लाबाट बिहान सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन–एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो।
 

कमेन्ट लोड गर्नुस