धनगढीमा फूलबारीको अबलोकन (फोटो फिचर)
धनगढीः कैलालीको धनगढीका धेरै किसान पछिल्लो समय फूल उत्पादनमा सक्रिय भएर लागेका छन्।
धनगढी उपमहानगरले प्लाष्टिकका फुल विक्रीवितरणमा यसअघि नै प्रतिबन्ध लगाएपछि आफ्नो बारीमा फूल उत्पादन गर्ने किसानको संख्या बढ्न थालेको हो।
सन राइज मल्टि एग्रो प्रालिको फर्ममै पुगेर धनगढी उपमहानगरका जनप्रतिनिधि लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सयपत्री फुलको अवलोकन नै गरेका छन्।
यस वर्षको बडा दशैं तथा दिपावलीमा फूलको अभाव नहुँने गरी किसानले उत्पादन बढाएका छन्। साथै अहिलेदेखि नै ती फूलहरुको विक्रीवितरण समेत सुरु भइसकेको छ।