सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुखियालाई जगदम्बा–श्री र ओझालाई मदन पुरस्कार प्रदान

२०८० असोज २९, ०५:५१ खबर संवाददाता

काठमाण्डौँः  मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ। यहि असोज १४ गते पुस्तकका लेखकलाई सो पुरस्कार दिने घोषणा गरेको थियो। आज सोमवार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लेखक विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गरेका हुन्। पुरस्कारको राशि चार÷चार लाख रुपैयाँ रहेको छ। कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहार चित्रमार्फत साहित्य अनुरागी माझ पु¥याउन महत्त्वपूर्ण योगदान दिएकाले जगदम्बा–श्री सम्मान अर्पण गरिएको गुठीले जनाएको छ।

त्यस्तै नेपालले बेहोरेको सशस्त्र द्वन्द्वले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई प्रविधि पनि मिसाई नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ। मदन पुरस्कारका लागि तीन सय १३ वटा पुस्तक प्राप्त भएका थिए।
 

कमेन्ट लोड गर्नुस