सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ’दुई कदम’ को ट्रलेर सार्वजनिक

२०८० असोज २८, ०९:३७ खबर संवाददाता

काठमाडौँः  उदय सुब्बा निर्देशित फिल्म ’दुई कदम’ को ट्रलेर सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर आइतवार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रलेर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रलेरमा अभिनेता इओन लिम्बु र सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्वन्द्वलाई प्रस्तुत गरिएको छ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ। फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मालगायत कलाकारको अभिनय छ। फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईको पनि विशेष भूमिका रहेको छ।

फिल्मको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको बसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो। फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्। यो फिल्म मंसिर २९ गतेदेखि प्रदर्शन हुनेछ।
 

कमेन्ट लोड गर्नुस