सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘परदेशी–२’को ट्रेलर सार्वजनिक

२०८० असोज १९, ०६:०५ खबर संवाददाता

काठमाडौंः  दसैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’को ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले घरमा सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना चित्रण गरिएको छ। ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व देखिन्छ। असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका छन्।

प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्रमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा छन्। राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र रमेश बिजीले लेखेका हुन्।
 

कमेन्ट लोड गर्नुस