सुदूर नेपाललाई विश्वसँग जोड्दै

महानायक राजेश हमाल अभिनित  गीत ‘रातो टिकी’ सार्वजनिक

२०८० असोज १७, ०५:१५ खबर संवाददाता

काठमाडौँः  गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ।  सुरेश अधिकारीको शब्द, संगीत रहेको उक्त गीतमा कृष्ण, मेलिना राई र रेखा जोशीको आवाज रहेको छ।

गीतको भिडियोमा महानायक राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशीको अभिनय छ। जीबी आग्रीको निर्देशन रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। सन्देशमुलक गीतको भिडियोले एकल महिलाको चाँहनाको पक्षलाई उठान गरेको छ। गोपाल रायले खिचेको भिडियामा विपिन मल्लको सम्पादन र मनोज श्रेष्ठको भीएफएक्स रहेको छ।
 

कमेन्ट लोड गर्नुस