सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रथम ‘देउडा आइडल’ आयोजना हुने

२०८० असोज १३, ०४:२० खबर संवाददाता

काठमाडौँः  नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ। देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आइडल हुने जानकारी गराएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रूपमा रहेको टीभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए। ‘यो ४–५ वर्षको प्रयासमा हुन गइरहेको छ। कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु।

सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नुभयो, यो पहिलो कार्यक्रम हो। यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने। देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई कार्यक्रममा सहभागी गराइनेछ। कार्यक्रमका लागि सुप्रसिद्ध देउडा सर्जक नन्दकृष्ण जोशी, तिलकसिंह पेला र टीका पुनलाई निर्णायक मण्डलको रूपमा चयन गरिएको छ। कार्यक्रमको मिति भने तय भएको छैन्।
 

कमेन्ट लोड गर्नुस