धनगढीका ९ सडकको मर्मत गर्ने तयारी, कुनकुन सडक परे प्राथमिकतामा?
धनगढीः कैलालीको धनगढी उपमहानगरभित्रका विभिन्न नौवटा सडकहरूको मर्मत गरिने भएको छ। सडक बोर्ड नेपालसँगको सहकार्यमा धनगढीका सडक मर्मत गरिने भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को लब्लीचौक मटियारी सडक, वडा नम्बर १ को हाम्रो डेरीदेखि शिवनगर चौक–जाली वासुदेवी सडकको आवधिक मर्मत हुने भएको हो। त्यस्तैं, धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को मोरी बंगरा–भादा–घुरही सडक, वडा नम्बर ३ को केदार टोल–पल्टन पथको आवाधिक मर्मत गरिने उपमहानगरले जनाएको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को तुलसी चोकदेखि कैलाली गाउँ जाने सडक, वडा नम्बर ५ को वडा कार्यालय जाने र जाई शाखा सडकको आवाधिक मर्मत गर्ने काम हुनेछ। धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३ केदार टोल–चटकपुर सडक, वडा नम्बर ६ जाली–नजरिया सडक र वडा नम्बर २ को महालक्ष्मी विकास बैंकदेखि सन्तोषीटोल जाने सडकको आवधिक मर्मत हुने उपमहानगरले जनाएको छ।
यातायात सञ्चालन र आवतजावतमा समस्या भइरहेका सडकको मर्मत गर्न उपमहानगरले तयारी अघि बढाएको छ। नगरभित्र बिग्रेका एवं समस्याग्रस्त सडकहरुलाई प्राथमिकतामा राखेर उपमहानगरले मर्मत गर्ने तयारी गरेको हो।