सुदूर नेपाललाई विश्वसँग जोड्दै

पतञ्जलि योग समिति कैलालीले मनायो तिज महोत्सव 

२०८० भदौ २३, ०५:२६

धनगढी: धनगढीमा हरितालिका तिज महोत्सव मनाइएको छ।शनिवार पतञ्जलि योग समिति कैलालीले धनगढी(२ मा रहेको बद्रीनाथ पतञ्जलि योग केन्द्रमा हरितालिका तिज महोत्सव मनाएको हो।

महिलाहरूको महान पर्व तिजको अवसरलाई योग साधना प्रवर्धन गर्ने अवसरका रूपमा प्रचारप्रसार गर्न पतञ्जलि योग समितिले तिज महोत्सव माइएको हो।

महोत्सवमा धनगढी नगर क्षेत्रमा रहेका आधा दर्जन योग साधना केन्द्रमा नियमित योग गर्दै आएका महिला तथा पुरुष सदस्यहरूको उपस्थिति रहेको थियो। तिजलाई खर्चिलो र भड्किलो नबनाएर आपसी सम्बन्ध सुमधुर बनाउने अवसरको रूपमा ग्रहण गर्न महोत्सव आयोजना गरिएको योग समितिका पदाधिकारीहरूले बताएका छन्। तिज महोत्सवमा एक सय पचासभन्दा बढी योग साधकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सुमधुर गीतहरूमा नृत्य र सार्विक भोजन ग्रहण गर्ने प्रबन्ध मिलाइएको थियो।

कमेन्ट लोड गर्नुस