महाकालीमा बेपत्ता भएको पाँच दिनपछि सशस्त्रका असईको शव भेटियो
धनगढीः महाकाली नदीमा भत्किएको झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता भएको स्थानभन्दा करिब २० मिटर दक्षिणतर्फ थारुको शव फेला परेको हो।
महाकाली नदीमा भत्किएको झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा थारु गत शनिबार बेपत्ता भएका थिए। त्यसयता उनको खोजी भइरहेको थियो।
प्रहरीले शवको पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने जनाएको छ।