सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय महाधिवेशन तत्काल गर्न राजपा नेतृत्वलाई दबाब

२०७६ वैशाख ११, ०४:२९ खबर संवाददाता

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दिबाब दिन सुरु गरेका छन्। तीन दिनयता काठमाण्डौमा जारी राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दबाब दिएका हुन्। 

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए। राष्ट्रिय जनता पार्टी नेपालको यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठकमा नेताहरुले अब भने महाधिवेशन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए।

त्यसैगरी समान विचार भएका पार्टीहरुसँग एकता गरेर पार्टीलाई शक्तिशाली बनाउने विषयमा पनि नेताहरुले जोड दिएको महासचिव झाले बताए। राष्ट्रिय जनता पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताका विषयमा छलफल भैरहेको छ।बैठकले सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने तयारी पनि गरेको राष्ट्रिय जनता पार्टी नेपालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस