सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ९ जिल्लामै नेकपाका सचिवको पनि टुंगो (सुची सहित)

२०७६ वैशाख ९, ०३:२४ खबर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशका ९ सहित देशका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएकोमा आज सुचि सार्वजनिक गरिएको छ।

तत्कालिन एमालेबाट जिल्ला अध्यक्ष भए माओवादीबाट सचिव बनाइएको छ भने माओवादीबाट जिल्ला अध्यक्ष भए एमालेबाट सचिव बनाईएको छ। कैलालीमा लालवहादुर सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा शैलेन्द्र विक, अछाममा झपट साउँद, बाजुरामा भरतवहादुर बुढा, डडेल्धुरामा तारा जोशी, बैतडीमा प्रेम भट्ट, दार्चुलामा रामदत्त जोशी र बझाङमा दिलवहादुर सिंहले पार्टीमा सचिवको जिम्मेवारी पाएका छन्। 

 

याे पनि पढ्नुहाेस

नेकपाका प्रमुख सचेतक तामाङ सचिवमा घटुवा, चुनाव हारेका थापा जिल्ला अध्यक्ष

सुदूरपश्चिममा नेकपाले टुंगो लगायो ९ जिल्लाकै कमिटी अध्यक्ष (सुची सहित)

कमेन्ट लोड गर्नुस