सुदूर नेपाललाई विश्वसँग जोड्दै

हर्क साम्पाङलाई 'श्रम पिता' घोषणा, सार्वजनिक कार्यक्रममा फोटो अनिवार्य राख्न उर्दी

२०८३ जेठ १२, ०४:४८ खबर संवाददाता

काठमाडौँः श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

पार्टीको कोशी प्रदेश कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमार्फत जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने सबै कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न भनिएको हो।

प्रदेश समिति अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षर रहेको सर्कुलरमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु/गराउनु पर्ने’ उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस