सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाका प्रमुख सचेतक तामाङ सचिवमा घटुवा, चुनाव हारेका थापा जिल्ला अध्यक्ष

२०७६ वैशाख ९, ०२:४१ खबर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशका ९ सहित देशका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएपनि विवाद हुने देखिएको छ। कञ्चनपुरमा प्रदेश सभाको निर्वाचन जितेका नेताको जिल्ला सचिवमा घटुवा भएको छ भने स्थानीय तहको चुनाव हारेका नेतालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिईएको छ। कञ्चनपुर जिल्ला अध्यक्षमा तत्कालीन माओवादीका जिल्ला अध्यक्ष समेत रहेका वीरबहादुर थापालाई जिम्मेवारी दिईएइको छ भने तत्कालीन एमालेका जिल्ला अध्यक्ष तारालामा तामाङ सचिव भएका छन्। तर थापा जिल्लाको पुनरवास नगरपालिकामा मेयरको चुनावमा हारेका हुन् भने तामाङ भने नेकपाबाटै प्रदेश सभामा विजयी भएका हुन्। प्रदेशसभाको निर्वाचन जितेर नेकपाको प्रमुख सचेतक बनिसकेका तामाङले मेयरमा चुनाव हारेका थापा नेतृत्वको कमिटीमा सचिव भएर काम गर्नुपर्ने देखिएको छ। यस्ले पार्टीमा विवाद ल्यउने आशंका पनि बढेको छ। तामाङले भनृ आफूले पार्टीको निर्णयलाई सम्मान गर्ने बताए।

सुदूरपश्चिमका ९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालिन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालिन माओवादीले अध्यक्ष पाएको छ। कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाएको छ भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका छन्। कैलाली जिल्लामा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रतन थापालाई अध्यक्षको जिम्मेवारी दिईएको छ। तत्कालिन जिल्ला अध्यक्ष दीर्घ सोडारी कारवाहीमा परेकाले उपाध्यक्ष थापाले अध्यक्षको जिम्मेवारी पाएका हुन्। यस्तै कञ्चनपुरमा तत्कालिन माओवादीबाट विरवहादुर थापा, डडेल्धुरामा मानसिह माल,दार्चुलामा गणेश खत्री, बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाही र बझाङमा मिनवहादुर कुवँरलाई अध्यक्षको जिम्मेवारी दिईएको छ। 

याे पनि पढ्नुहाेस

सुदूरपश्चिममा नेकपाले टुंगो लगायो ९ जिल्लाकै कमिटी अध्यक्ष (सुची सहित)
 

कमेन्ट लोड गर्नुस