सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएलको विजेताले डेढ करोड पाउने

२०८३ कार्तिक ८, ०५:२४ खबर संवाददाता

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताहरूका लागि पुरस्कार राशि घोषणा गरेको छ। क्यानका अनुसार उपाधि विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ।

क्यानले प्रतियोगिताका लागि पुरस्कार राशि सार्वजनिक गर्दै विजेतादेखि तेस्रो स्थानसम्मका टोलीले पाउने रकमको टुंगो लगाएको हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले पुरस्कार राशिबारे जानकारी दिएका हुन्।

यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछ।

कमेन्ट लोड गर्नुस