सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेकपाले टुंगो लगायो ९ जिल्लाकै कमिटी अध्यक्ष (सुची सहित)

२०७६ वैशाख ९, ११:२० खबर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशका ९ सहित देशका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो। सुदूरपश्चिमका ९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालिन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालिन माओवादीले अध्यक्ष पाएको छ। कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाएको छ भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका छन्। कैलाली जिल्लामा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रतन थापालाई अध्यक्षको जिम्मेवारी दिईने भएको छ।

तत्कालिन जिल्ला अध्यक्ष दीर्घ सोडारी कारवाहीमा परेकाले उपाध्यक्ष थापाले अध्यक्षको जिम्मेवारी पाएका हुन्। यस्तै कञ्चनपुरमा तत्कालिन माओवादीबाट विरवहादुर थापा, डडेल्धुरामा मानसिह माल,दार्चुलामा गणेश खत्री, बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाही र बझाङमा मिनवहादुर कुँवरलाई अध्यक्षको जिम्मेवारी दिईएको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले बताए। 

कमेन्ट लोड गर्नुस