सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम गीत ३ र चिसो मान्छे अब मोबाइलमै हेर्न सकिने

२०८० साउन ३१, ०६:११ खबर संवाददाता

काठमाडौंः  नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा हेर्न सकिने भएको छ।

विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाका दर्शकहरुले अब डिशहोम गो एपमा आफूले चाहेको समयमा यी चलचित्र निःशुल्क हेर्न सक्नेछन्। यो एप प्ले स्टोर वा एप स्टोरबाट आफ्नो मोवाइलमा निःशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ। गोलाइभ डट डिशहोम डट कम डट एनपीमा लगइन गरेर ल्याबटप वा कम्प्युटरमा समेत चलाउन सकिने कम्पनीले जनाएको छ।

गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिजलगायत अन्य विभिन्न कन्टेन्टहरु पनि उपलव्ध रहेको छ।
 

कमेन्ट लोड गर्नुस