सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुलकले २५ वर्षमा ठूलो फड्को मारिसक्छ : अर्थमन्त्री खतिवडा

। फोटो स्रोत ।
२०७६ वैशाख ७, ०२:४८ खबर संवाददाता

अर्थमन्त्री डा.युवराज खतिवडाले मुलकले २५ वर्षमा ठूलो फड्को मार्ने बताएका छन्। झापाको कनकाई नगरपालिकामा वायोग्यास प्लान्टको शिलान्यास गर्दै उनले दीर्घकालीन दृष्टिकोणसहितको पञ्चवर्षीय योजनाको आधारपत्र तयार भएकाले २५ वर्षमा ठूलो फड्को मार्ने दाबी गरेका हुन्।

मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको भन्दै मन्त्री खतिवडाले उत्पादन क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे। सरकारले तोकेको ज्याला पाउनु पर्ने माग गर्दै चिया मजदुरले गरेको आन्दोलनका सन्दर्भमा उनले मजदुरको जिविकोपार्जन हुने गरी पारिश्रमिक दिन चिया उद्योगीलाई निर्देशन दिए।

अर्थमन्त्री खतिवडाले चिया मजदुरको पारिश्रमिक निर्धारण भइसकेकोले सबै पक्षको समझदारीमा पारिश्रमिक विवाद टुंग्याउनु पर्नेमा जोड दिए।झापाका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि कनकाई विर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले १६ करोड ७० लाख लागतमा वायोग्यास बनाउन लागेको हो।
 

कमेन्ट लोड गर्नुस