सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै

२०७६ वैशाख ६, ०५:२६ खबर संवाददाता

चिनियाँ राष्ट्रपति सी जिङपिङको विशेष निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी २४ अप्रिलदेखि चीन भ्रमणमा जाने भएका छन। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो बेल्ट एण्ड रोड फोरमको बैठकमा उपस्थिति जनाउनुको साथै सम्बोधन पनि गर्ने छन।

राष्ट्रपति भण्डारी त्यहाँ समकक्षी सी जिङपिङले आयोजना गर्ने भोजमा पनि सरिक हुनेछन्। यस्तै उनले अन्तर्रा्ष्ट्रिय पुष्प प्रदर्शनीमा भाग लिँदै त्यहाँ नेपालीहरुले राखेका स्टलहरुको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यस्तै राष्ट्रपतिको भ्रमणमा नेपाल र चीनबीच केही महत्वपूर्ण विषयहरुमा द्विपक्षीय सम्झौता हुने पनि बताइएको छ। उनले त्यहाँ वरिष्ठ चिनियाँ नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। उनले बेइजिङमा नेपाल र चीनबीचको व्यापारबारे एक संयुक्त बैठकलाई पनि सम्बोधन गर्नेछन्।

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा पनि उनले उपस्थिति जनाउने छन। बेइजिङबाट नेपाल फर्किने क्रममा उनले चीनको सान्सी प्रान्तको राजधानी सियान, तिब्बतको राजधानी ल्हासा र ती दुइटै प्रान्तका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन्।

राष्ट्रपतिको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद सदस्य र उच्चपदस्थ सरकारी कर्मचारी र सञ्चारकर्मीहरु पनि सहभागी हुनेछन्। 

कमेन्ट लोड गर्नुस