सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीबाट अवैध चिरान गरिएको काठ सहित एक जना पक्राउ

२०८२ फाल्गुन २६, ०६:०१ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरीबाट प्रहरीले अवैध चिरान गरिएको काठ सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीको टोलीले मंगलबार बेलौरी नगरपालिका – १० सडकघाटबाट विभिन्न नापका २७६ पिस सालको चिरान बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीले सडकघाटका दीपेन्द्र चौधरीको घरमा लुकाई छिपाई राखेको अवस्थामा सालको कडी, फ्रेम बरामद गरेको जनाएको छ ।

उक्त काठ आवश्यक कारबाहीका लागि कुण्डा सब डिभिजन वन कार्यालय पठाई सकिएको प्रहरीले जनाएको छ । काठ सँगै ३७ वर्षीय दीपेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताए ।

‘चिरान थान, एसटिभ सँगै मान्छे कार्यालयमा लिएर आएका छौ, घरभित्र भेटिएको बारे अनुसन्धान गर्छौ’ यादवले भने ।

कमेन्ट लोड गर्नुस