सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा हिमाल एकेडेमीका विद्यार्थीको साथ 

२०८० असार २९, ०९:५५ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै हिमाल एकेडेमी धनगढी–२ मा  अध्ययनरत हिमाल बाल क्लवका विद्यार्थीहरुले पनि सहयोग गरेका छन्। उनीहरुले आफ्नो खाजाबाट  रकम बचाएर एउटा बिरुवा बराबर पाँच हजार नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका हुन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस