सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभ्यासका लागि नेपाली टिम श्रीलंका जादै

२०७५ भदौ ४, १०:५८

 मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जाँदैछ ।
नेपाली टिमले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ । 
अगस्ट २८ देखि मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिम बैदेशिक तयारीका लागि आज श्रीलंका जान लागेको हो ।
नेपाली टिमलाई आज सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन । नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् ।
यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् ।
बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् । अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्थान गर्नेछ ।
एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङ्कङ्, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ ।
६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछन् ।

कमेन्ट लोड गर्नुस