सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको महाधिवेशन असारमा हुने

२०८१ वैशाख ५, ०७:५६ खबर संवाददाता

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) ले जेठमा गर्ने भनिएको पार्टीको १० औं महाधिवेशन एक महिना पर सार्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बुधवार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौँमा गर्ने निर्णय गरेको हो।

आन्तरिक तयारी नपुगेको र संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरि महाधिवेशन केही समय सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
 

कमेन्ट लोड गर्नुस