सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट सुन चोरेर फरार रहेका दुई जना रौतहटमा पक्राउ

२०८० फाल्गुन २५, ०४:२२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराबाट सुन चोरेर फरार रहेका दुई जना पक्राउ परेका छन्।

रौतहट चन्द्रपुर–९ का ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबी नगरपालिका–४ का ४४ वर्षीय शंकर विश्वकर्मा विहीबार साँझ रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरबाट पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई डडेलधुराका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

इन्स्पेक्टर नायकका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित विजय साह सोनारको सुनचाँदी पसलमा गत १४ गते २० ग्राम सुन चोरी भएको थियो। उनीहरु सुन चोरीको आरोप पछि फरार रहेका थिए।
 

कमेन्ट लोड गर्नुस