कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट आज(आइतवार) लागुऔेषधसहित तीन जना पक्राउ परेका छन्।
दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गोबिन्द धामीलाई एक दशमलव ८६ ग्राम लागुऔषध सहित पक्राउ परेका हुन्। यस्तै भीमदत्त नगरपालिका–६ का हरिश जोशीपनि ०.२२१ मिलि ग्राम लागुऔषधसहित पक्राउ परेका छन्।
उनीहरुलाई आज(आइतवार) भीमदत्तबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको सयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो।