टीकापुुरबाट लागुऔषध सहित दुुई जना पक्राउ
२०८१ वैशाख १६, ०६:०६
धनगढीः कैलालीको टीकापुुरबाट लागुुऔषध सहित दुुई जना पक्राउ परेका छन्।
टीकापुर नरपालिका–१ भुपुकमैया टोल स्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुुरका २५ वर्षीय विकाश चौधरी र सोहि ठाउँका १९ वर्षीय अमन चौधरी एक दशमलव ४० ग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ परेका हुन।
साथै उनीहरुको साथबाट आठ हजार रुपैँया पनि फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस