सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ उपनिपर्वाचनमा एमालेको उम्मेदवार भण्डारीको अग्रता कायमै

२०८१ वैशाख १६, १०:५५ खबर संवाददाता

धनगढीः बझाङ उपनिर्वाचनको मतगणना जारी छ। सबैभन्दा धेरै मत एमालेका उम्मेदवार दमन भण्डारीले ३९२६ मत पाएका छन्।

उनलाई नेपालि कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ३४३१ मतले पछ्याइरहेका छन्। भण्डारी र सिँहबिच ४९५ मतको मतान्तर रहेको छ। माओवादी उम्मेदवार जनक बुढाले २०८३ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११९४ तथा राप्रपाका किशोर खड्काले ९२ मत मात्र पाएका छन्। माओवादी उम्मेदवार बुढाले सर्वाधिक मत पाएको वडा नम्बर ६ मा यसअघि स्थानीय तहमा पनि माओवादीका गजेन्द्रबहादुर बुढा विजयी भएका थिए।

एमालेलाई भने जितेकै वडा खप्तडछान्ना–४ बाट कम मत आएको छ। जहाँ काँग्रेसका उम्मेदवारलाई बढी मत प्राप्त भएको छ। प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।
 

कमेन्ट लोड गर्नुस