सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक घरमा आगलागी

२०८१ वैशाख ३१, ०९:५० खबर संवाददाता

बाजुराः बाजुरामा एक घरमा आगलागी भएको छ।

जिल्लाको हिमाली गाउँपालिका ६ धुलाचौरका  पुर्व पाण्डेको ढुङ्गा माटोले बनेको टीनले छाएको दुई तले कच्ची घरमा आगलागी भएको हो। पाण्डेको घरमा विद्युतको तार सर्ट भई आगालगी भएको हो।

आगलागीबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन्। उक्त आगलागीबाट मानविय तथा पशुचौपायमा भने कुनै क्षति नभएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस