सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाममा अग्रता बढाउँदै एमाले

२०८१ वैशाख १७, ०६:०७ खबर संवाददाता

इलामः प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ। फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका हुन्।

सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १०२ मतसहित चौथो स्थानमा सीमित छन्।

कमेन्ट लोड गर्नुस