सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोलीकाण्डः गोली प्रहार गरी रकम लुट्ने लुटेरा पक्राउ

BREAKING NEWS

२०७५ जेठ १३, ११:२६

धनगढीमा दिन दहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरा भएको आशंकामा प्रहरीले दुईजना लाई पक्राउ गरेको  छ । आईएमई  सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले अत्तरीयावाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली  ल्याईरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्ष विनोद घिमिरेले जानकारी दिए । उनले लुटपाटमा संग्लनको पिछा गर्दै जाँदा अत्तरियामा समातेको  वताए । 

लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको सव्जीमण्डीमा आईएमकीका कर्मचारी कार्कीमाथि  गोली प्रहार गरि वैंकवाट  झिकेको रकम लुटेर  भागेका  थिए । घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको  चिकित्सकहरुले वताएका छन । सेतीवाट घाईतेलाई सामान्य उपचारपछि रेफर गर्ने  तयारी गरिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट लोड गर्नुस