सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रणय दिवसमा चालक र ट्राफिकलाई गुलाफ उपहार (फोटो फिचर)

 सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले सवारी चालक र ट्राफिक प्रहरीसँग प्रणय दिवस मनाएको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा ‘प्रेम रुपलाई होइन मानवतालाई गरौँ’ भन्ने नारासहित ह्रदयको आँखा कार्यक्रम आयोजना गर्दै सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार दिदै प्रणय दिवस मनाइएको हो।

 हेप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सार्वजनिक सवारीका चालक, सह–चालक र एम्बुलेन्स चालकलाई गुलाफसँगै खादा ओढाएर सम्मान गरिएको छ भने सबैलाई चकलेट र किरिङ पनि प्रदान गरिएको छ।

     यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीलाई पनि गुलाफ उपहार दिदै खादा ओढाएर सम्मान गरिएको छ। ट्राफिक व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले एउटारएउटा सिट्टी पनि दिइएको छ।

२०७७ फाल्गुन २, ११:४४
कमेन्ट लोड गर्नुस