कैलारीमा पहिलो पटक सामूहिक फूल खेती (तस्बिरहरु)

धनगढीः कैलालीको कैलारी गाउँपालिकामा सामूहिक फूल खेती गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँ ९मनहेरा टोल०मा पहिलो पटक समूहिक फूल खेती गरिएको हो।

स्थानीय ११ जना महिलाले मिलन उन्नति कृषक समूह गठन गरेर व्यावसायिक फूल खेती गरेका हुन्।

गाउँपालिकामा पहिलो पटक सामूहिक फूल खेती गरिएको दाबी उनीहरूको छ।

१२ हजारमा खरिद गरेको फूलको बिउबाट महिला समूहले एक लाख २ हजार आम्दानी गरेका छन् भने तिहारको समयमा आफूलेसमेत फूलका माला प्रयोग गरेका छन्।




२०८० मंसिर १३, ११:०४
कमेन्ट लोड गर्नुस