सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध सहित दुई जना पक्राउ

२०८२ जेठ १६, ०५:२५

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहति २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ स्थित भाइरल रोडबाट लागुऔषध रेक्सोजेसिक ३६ एम्पुल, फेनारगन ३७ एम्पुल र डाइजेपाम ४ एम्पुल सहित दुई जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही नगरपालिका–१८ का २३ वर्षीय रमेश दमाई र १९ वर्षीय दीपक दमाई रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस