सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज नेपालले कुवेतको सामना गर्दै

२०८० वैशाख १६, ०८:३२ खबर संवाददाता

काठमाडौं: राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो। नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ।

नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ। त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ। ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो। यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ। 

कमेन्ट लोड गर्नुस