सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक १, ०८:१३ खबर संवाददाता

काठमाडौँः देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। आगामी समयमा देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा पनि आंशिक बदली हुने सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मौसम प्रभावित बन्नेछ। महाशाखाका अनुसार देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यसका साथै सोही क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना समेत रहेको छ।’

कमेन्ट लोड गर्नुस