कैलाली र कञ्चनपुरबाट ५ लाख ८७ हजारको अवैध सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट ५ लाख ८७ हजारको अवैध सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ८३ हजार ९ सय बराबरको अवैध सामान बरामद गरिएको हो। कैलालीबाट रेडिमेड कुर्ता सुरुवाल र बिभिन्न किराना सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहतकार्यालयबट खटिएको प्रहरी टोलीले शनिवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी कञ्चनपुरको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३ तिन हजार आठ सय बराबरको सामान बरामद गरिएको छ। कञ्चनपुरबाट बिउ–बिजन, दाल, तोरी, तेल, गुड, बिडि, मिठाई, नरिवल, सुर्ती लागायतका किराना सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको छ।