दार्चुलामा टिप्पर चालकको मृत्यु, सहचालक घाइते
दार्चुलाः दार्चुलामा टिप्पर एक जना टिप्पर चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
जिल्लाको मार्मा गाउँपालिका–३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उनी टिप्पर चालक हुन्। त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन्।