सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या र अधिकारबारे मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

२०८३ भदौ १, ०२:५६

धनगढी: सिएमए संघका केन्द्रीय पदाधिकारीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसँग भेटघाट गरी प्यारामेडिक्स स्वास्थ्यकर्मीहरूले भोग्दै आएका समस्या तथा अधिकारका विषयमा ध्यानाकर्षण गराएका छन् ।

सोमबार संघका पदाधिकारीहरूले प्यारामेडिक्स स्वास्थ्यकर्मीहरूको क्लिनिकल सेवालाई अवमूल्यन भएको तथा अधिकारसमेत संकुचन भएको भन्दै मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराएका हुन् ।

संघका पदाधिकारीहरूको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले उठाइएका विषयमा आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले स्वास्थ्य क्षेत्रमा प्यारामेडिक्स स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए ।

 

कमेन्ट लोड गर्नुस