सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

२०७९ फाल्गुन ३, ०३:३४ खबर संवाददाता

धनगढीः दार्चुलामा जबरजस्ती करणी अभियोगमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्की पक्राउ परेका हुन्।

जिल्लाको झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पथ्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। 

पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस