सुदूर नेपाललाई विश्वसँग जोड्दै

सातामा प्रतितोला २५ सयले घट्यो सुनको मूल्य

२०७९ माघ २८, ११:२२ खबर संवाददाता

काठमाडौँः यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा २ हजार ५०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ कायम थियो। जुन, २ हजार ५०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ।

साताको पहिलो कारोबार दिन नै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो। यस्तै, सोमबार तोलामा ५०० ले बढेको सुन मंगलबार स्थिर कायम भएको थियो। जुन, बुधबार पुनः ३०० ले बढेको सुनको मूल्य विहीबार १०० रुपैयाँले बढेको थियो। यस्तै, शुक्रबार एकै दिन तोलामा १३ सय ले घटेको हो। यस्तै, यो साता चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ।
 

कमेन्ट लोड गर्नुस