सवारी ज्यान मुद्दामा फरार गोदावरीका एक जना पक्राउ
२०८३ कार्तिक ९, ०७:१३
धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीको गोदावरीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको सवारी ज्यान मुद्दामा ४ वर्ष कैद सजाय र ४२ हजार जरिवाना तोकी फरार रहेका कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ३५ वर्षीय राम कृष्ण चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस