सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट झन्डै ९ लाखको अवैध सामान बरामद 

२०८३ कार्तिक ९, ०७:२१ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट झन्डै ९ लाखको अवैध सामान बरामद गरिएको छ।

कैलालीको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३ लाख ७७ हजार १५० बराबरको सामान बरामद गरिएको छ। कैलालीबाट भन्सार छलीको सुर्ति, बिडी, विद्युतिय सानो/ठुलो लाईट र साईकलका पार्टपुर्जा लगाएत मोटरसाइकल एक थान आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।   

यसैगरी कञ्चनपुरको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ५ लाख १७ ९६० बराबरको बिडी, साईकलका पार्टपुर्जा र किराना लगायतका सामान आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस